यती एयरलाइन्सले पोखराका होटल व्यावसायीलाई हवाई उडानमा छुट दिने भएको छ। होटल संघ पोखरा र यती एयरलाइन्सबीच संघका सदस्यलाई सहुलियत दरमा हवाई टिकट उपलब्ध गराउने विषयमा हालै समझदारी भएको छ।
नेपालभित्र आधा दर्जन भन्दा बढी हवाई रुटका टिकटमा चारसय रुपैयाँदेखि छ सय रुपैयाँसम्म छुट प्रदान गर्ने समझदारी गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। यति एयरलाइन्सको मोवाइल एप्स र वेबसाइटबाट टिकट खरिद गर्ने होटल संघ पोखराका सदस्यले यस्तो सुविधा पाउने यतिका पोखरास्थित स्टेशन म्यानेजर रामप्रसाद लामिछानेले जानकारी दिए। संघका अध्यक्ष सुवेदी र यतिका स्टेशन म्यानेजर लामिछानेले हस्ताक्षर गरी सम्झौतापत्र आदानप्रदान गरेका थिए।
प्रकाशित: २६ भाद्र २०८१ १७:३६ बुधबार