सेयर बजार लगातार घट्दै गएको छ । अघिल्लो हप्ता बुधबार र बिहीबार घटेको नेप्से यो हप्ता लगातार तेस्रो कारोबार दिन मंगलबार पनि घटेको छ । मंगलबार नेप्से १३.०९ अंकले घटेर २६३२.९४ अंकमा कारोबार बन्द भएको छ । सोमबार नेप्से परिसूचक २६४६.०३ तथा आइतबार २७२७.३६ अंकमा रहेको थियो ।
त्यसैगरी मंगलबार नेप्से घटेसंगै कारोबार पनि घटेको छ । मंगलबार ६७ कम्पनीको मूल्य बढ्दा १७० कम्पनीको मूल्यमा गिरावट आएको छ भने ८ कम्पनीको मुल्य यथावत रहेको छ ।
सोमबार ३२८ कम्पनीको १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर ९३ हजार ४५९ पटक खरिद विक्री हुँदा ७ अरब २४ करोड ५५ लाख ६८ हजार ४२१ रुपैया बराबरको कारोबार भएको छ।
यसअघि सोमबार ३२७ कम्पनीको २ करोड १० लाख ४८ हनार ९११ कित्ता शेयर १ लाख ११ हजार ९८६ पटक खरिद विक्री हुँदा ९ अरब ४३ करोड ९१ लाख ०६ हजार ४२५ रुपैया बराबरको कारोबार भएको थियो ।
मंगलबार मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य ९.९० प्रतिशत बढेको छ भने अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाई मूल्य सर्वाधिक ८.८२ प्रतिशत घटेको छ।
प्रकाशित: २५ भाद्र २०८१ १५:२१ मंगलबार