अर्थ

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार?

स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला १२ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार भने बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ कायम भएको छ। 

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार १ सय रुपैयाँ कायम थियो। यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७५५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: २४ भाद्र २०८१ १०:४६ सोमबार

#gold and silver