अर्थ

तीन महिना पछि सुकेटार विमानस्थलबाट उडान सुरु

नेपाल वायु सेवा निगमले तीन महिना पछि आज सुकेटार विमानस्थलमा काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान भरेको छ।

सुकेटार विमानस्थलमा गत जेठ ११ गते काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान भएयता उडान ठप्प थियो। गत साउन ३० गते उडान तालिका राखेपनि उडान भने भएको थिएन।

नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेशन इञ्चार्ज नारायणकुमार कार्कीले मौसममा आएको खरावी सहितका कारणबाट रोकिएको उडान अब नियमित तालिका अनुसार हुने जानकारी दिए।

उनका अनुसार हाललाई सातामा एकदिन बुधवारका लागि मात्रै उडान तालिका राखेको छ। तर,यात्रु भए उडान तालिका थप्ने योजना रहेको निगमले जनाएको छ।

प्रकाशित: १९ भाद्र २०८१ ०८:११ बुधबार