अर्थ

सेयर बजार ओरालो लाग्ने क्रम जारी :५३.६३ अंकले घट्यो नेप्से,कारोबार १० अर्बमा सीमित

साताको पहिलो कारोबार आइतबारका दिन नेप्से ५३.६३ अंकले घटेर २६९५.९३ विन्दुमा बन्द भएको छ।

यो अघिल्लो दिन कारोबारको तुलनामा १ दशमलव ९५ प्रतिशतले घटी हो । अघिल्लो साताको बिहिबार नेप्से २,७४९.५७ अंक रहेको  थियो ।

आइतबार  तीन सय ३७  कम्पनीको कारोबार भएको छ।आइतबार तीन सय ३७   कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४ सय ३५ कित्ता शेयर १ लाख ३० हजार  ६३२ पटक खरिद बिक्री हुँदा १० अर्ब ५१  करोड ७६ लाख  ८२ हजार ३ सय ४९  बराबरको कारोबार भएको छ।

त्यस्तै, आइतबार सेन्सेटिभ इण्डेक्स ८.९१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.६८ अंक घटेको छ।

आइतबार २०९ कम्पनीको सेयर मूल्य घट्न पुगेको छ । जम्मा ३१ वटा कम्पनीको मात्र मूल्य बढेकोमा ४  कम्पनीको मूल्य स्थिर रहेको छ ।

आइतबार  एक स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने तीन स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सुपर माई हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन हिमालयन पावर पावर्टनको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको पिपुल्स हाइड्रोपावर कम्पनी, माइ खोला हाइड्रोपावर र थ्रि स्टार हाइड्रोपावरको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ५२ करोड ३१ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्स र नेपाल फाइनान्सको ३३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.८० प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित: १६ भाद्र २०८१ १५:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App