सरकारले एनसेलकाे मोबाइल लाइसेन्सको नवीकरणको शुल्क चार किस्तामा बुझाउने शर्तसहित नवीकरण गर्न दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले एनसेललाई नवीकरण दस्तुरबापतको २० अर्ब रुपैयाँ किस्ताबन्दीमा तिर्न दिने शर्तसहित मोबाइल नवीकरण गर्न दिने निर्णय गरेको हो ।
अब एनसेलले पहिलो किस्ता बुझाएपछि मोबाइल नवीकरण हुनेछ भने एनसलले २० अर्ब दस्तुरको ब्याजसहित ४ किस्तामा रकम बुझाउनुपर्नेछ ।
प्रकाशित: १३ भाद्र २०८१ २१:४४ बिहीबार