अर्थ

शेयर बजार झिनो अंकले बढ्यो , नेप्से २७८६.४० अंकमा

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अंकले बढेको छ  ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ० दशमलव १३ अङ्कले बढेर दुई हजार सात सय ८६ दशमलव ४० अंकमा पुगेको छ । अघिल्लो कारोबारमा नेप्से २७८२.६० अंक रहेको थियो ।

बुधबार सेन्सेटिभ इण्डेक्स १.६८ अंक र फ्लोट इण्डेक्स ०.२१ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०४ अंक घटेको छ।

नेप्से बढेपनि मंगलबार भन्दा  कारोबार रकम भने घटेको छ। बुधबार  १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३९३ रुपैयाको कारोबार भएको छ । अघिल्लो कारोबार दिन अर्थात  मंगलबार  १८ अर्ब ४६ करोडको शेयर खरिदबिक्री भएको थियो ।

बुधबार  ३२६ वटा कम्पनीको कारोबार हुँदा ९७ कम्पनीको शेयर मुल्य बढेको छ भने १४३ कम्पनीको शेयर मुल्य घटेको छ । त्यसैगरी ४ वटा कम्पनीको कारोबारमा कुनै परिवर्तन भएको छैन ।  

बुधबार ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन आत्मनिर्भर लघुवित्त र माइ खोला हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने पिपुल्स हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत बढेको छ। कारोबारमा आएको कणाली डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ६.८८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन चन्दागिरी हिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४३ करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल फाइनान्सको साढे ४१ करोडको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरन्सको ३८ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशत बढेको छ। अन्य उपसमूहहरुको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.६९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित: १२ भाद्र २०८१ १५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App