अर्थ

डेडिकेटेट र ट्रंक लाइनको विषयमा बहस आवश्यक छैन: प्रकाश शरण महत

नेपाली कांग्रेसका सांसद एवं पूर्व मन्त्री डा प्रकाश शरण महतले डेडिकेटेट र ट्रंक लाइनको विषयलाई विवादको विषय बनाउन आवश्यक नरहेको बताएका छन् ।

आइतबार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा पूर्वउर्जामन्त्रीहरुसँगको छलफलका क्रममा उनले यस्तो कुरा बताएका हुन ।उनले विद्युतको विषयमा उद्योग व्यवसायीहरूले उठाएको विषय अहिले चर्चाको विषय रहेको भन्दै यसमा विवाद र बहस गर्न आवश्यक नरहेको बताए। उनले नियामक निकायले भनेको रकम उठाउन र लिन नभनेको विषयलाई लिएर विवाद सिर्जना नगर्न आग्रह गरे ।

उनले प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले जायज विषयमा निर्देशन दिएको भन्दै त्यसबारे बहस आवश्यक नरहेको जिकिर गरे ।सांसद महतले प्रसारण लाइनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न पनि सुझाव दिए। 

प्रकाशित: ११ भाद्र २०८१ १५:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App