अर्थ

सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदीको मूल्य

स्थानीय बजारमा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन। अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन पनि छापावाला सुनको मूल्य १ लाख ५२ हजार ३ सय रुपैयाँमै कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: ११ भाद्र २०८१ १०:४९ मंगलबार

#gold and silver