अर्थ

बैंकिङ कसुरका अपराधमा नगद जरिवाना गराउनुपर्छ: डा वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा स्वर्णिम वाग्लेले बैंकिङ कसुरका अपराधमा जेल हाल्ने भन्दा पनि नगद जरिवाना गराउन आवश्यक रहेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै उपसभापति वाग्लेले यस्तो कुरा बताएका हुन  । उनले विश्वव्यापी रुपमा नै यस्तो मान्यता रहेको भन्दै नेपालमा पनि यसलाई फलो गर्न आवश्यक रहेको बताए। उनले बैंकिङ अपराध पनि एक खालको कसुर भएको बताए।

उनले जुनसुकै अपराधमा गर्दा पनि ठोक्ने जाक्ने, थुन्ने भन्ने खालको भाष्य समाजमा बनेको भन्दै त्यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले सानो कसुर गरेको खण्डमा ठुलो जरिवाना स्वरूप कारबाही हुँदा त्यस्तो दुष्कर्म गर्नतर्फ नलाग्ने अवस्था आउने भन्दै यस्तो खालको व्यवस्था गर्न आवश्यक रहेको बताए।

उनले सरकारले सबैतिर कडा र प्रहरी लगाउन नसक्ने भन्दै जरिवानाको व्यवस्था गर्न उपयुक्त हुने बताए ।सांसद डा स्वार्णिम वाग्लेले बैङ्किङ कसुर तथा सजाय सम्बन्धी ऐन संशोधनमा नगद कारबाहीलाई प्राथमिकता दिनु आवश्यक रहेको सुझाव दिए। उनले अन्तर्राष्ट्रिय बजारमा समेत आर्थिक कसुरमा भौतिक कारबाही भन्दा नगद कारबाही गराउने गरेको भन्दै नेपालमा पनि त्यही प्रणाली विकास गर्न आवश्यक रहेको बताए । 

प्रकाशित: ९ भाद्र २०८१ १६:४७ आइतबार

#MP Dr. Swarnim Wagle