अर्थ

एडिबीले नेपाललाई थप सहयोग गर्ने

 एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई थप सहयोग गर्ने भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा एडिबीका कार्यकारी निर्देशक सुपक चाइयावानले नेपालसँगको विकास साझेदारी रणनीतिमार्फत थप सहयोग गर्ने जानकारी दिए।

सन् २०२५ देखि २०२९ सम्म सञ्चालन हुने विकास साझेदारी रणनीतिमार्फत एडिबीले तीन तहको सरकारको क्षमता अभिवृद्धि, निजी क्षेत्रलाई प्रोत्साहन र शिक्षा क्षेत्रमा सहयोग गर्नेछ। अर्थमन्त्री पौडेलले एडिबीको सहयोगबाट सञ्चालित कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।

एडिबीका कार्यकारी निर्देशक चाइयावानले नेपालको अर्थतन्त्र समस्यामा रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलको नेतृत्वमा अर्थतन्त्र गतिशील हुने विश्वास व्यक्त गरे। एडिबीले नेपालमा पूर्वाधार विकास, शिक्षा, वातावरण लगायतका क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको छ।

प्रकाशित: ७ भाद्र २०८१ ०७:५१ शुक्रबार

#Asian Development Bank (ADB) #More support to Nepal