अर्थ

इन्फिनिक्स जीटी२० प्रो: नेपालमा गेमिङ स्मार्ट फोनका लागि युवाको रोजाइमा

इन्फिनिक्स जीटी२० प्रो गेमिङ स्मार्टफोनले मोबाइल गेमिङ प्रेमीहरूका लागि नयाँ मापदण्ड बनाएको  छ।

MediaTek Dimensity 8200 Ultimate चिपसेटद्वारा संचालित यो फ्ल्यागशिप उच्चस्तरीय प्रदर्शनको माग गर्ने गेमरहरूका लागि डिजाइन गरिएको हो। यो उन्नत चिपसेटले असाधारण गति, दक्षता, र ग्राफिक्स क्षमता प्रदान गर्ने दाबी गर्दै कम्पनीले खेलहरूलाई गहिरो र छिटोरूपमा अनुभव सुनिश्चित गर्ने बताएको छ ।  

जीटी२० प्रो असाधारण प्रोसेसिङ पावर र ऊर्जा दक्षता प्रदान गर्दै, सबैभन्दा चुनौतीपूर्ण खेलहरू सजिलैसँग सम्हाल्न डिजाइन गरिएको मोबाएल रहेको छ । इन्फिनिक्स जीटी२० प्रोले पब मोबाएलमा १२० एफपीएस समर्थन गर्ने र यसले खेललाई अल्ट्रा-स्मूथ र विस्तृत गर्दै फरक अनुभव दिलाउने कम्पनीको भनाइ छ ।  

इन्फिनिक्स जीटी२० प्रोले प्रयोगकर्ता र समीक्षकबाट प्रशंसा प्राप्त गरेको दाबी गर्दै कम्पनीले यसको मजबुत प्रदर्शन, स्टनिङ डिस्प्ले र लामो समय टिक्ने ब्याट्री रहेको बताएको छ । 

प्रकाशित: ४ भाद्र २०८१ १५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App