अर्थ

ओपोको साझेदारी

काठमाडौं – अडियो, इमेजिङ र आवाज प्रविधिका लागि विश्वमै अग्रणी विशेषज्ञ तथा विकासकर्ता, डोल्बी ल्याबोरेटोरिजले, विशेषगरी युवा पुस्ता माझ लोकप्रिय वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्रान्ड ओपोसँग ग्लोबल, स्ट्र्याटेजिक इन्टेलेक्चुअल प्रोपर्टीका लागि साझेदारी घोषणा गरेको छ।

सहकार्यको माध्यमबाट अब ओपोले डोल्बीको उच्च क्षमताको अत्याधुनिक अडियो कोडिङ (एचई एएसी), जेपिइजी–एचडिआर र अन्य अडियो तथा भिडियो प्रविधिका लागि साझेदारी गर्नेछ। 

एचई एएसी, डोल्बी ल्याबोरेटोरिजद्वारा विश्वभरका सयौं कम्पनीलाई आधिकारिक रुपमा प्रयोगका लागि उपलब्ध गराउने अडियो कोडिङका लागि अन्तर्राष्ट्रिय मानक हो। त्यसैगरी, जेपिइजी–एचडिआर स्ट्याटिक इमेज इनकोडिङ रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १८ चैत्र २०७४ ०४:३४ आइतबार

ओपोको साझेदारी