नेपाल रिपब्लिक मिडियाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार ४३ लाख ७६ हजार ७ सय ५४ रुपैयाँ नाफा कमाउन सफल भएको हाे।
यो रकम अघिल्लो आर्थिक वर्षमा कम्पनीले आर्जन गरेको तुलनामा २८८.२३ प्रतिशतले बढी हो। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १६.३० प्रतिशतले कम हो।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले १० लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। चौथो त्रैमाससम्म कम्पनीले १८ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ।
अघिल्लो आर्थिक वर्षमा कम्पनीले २२ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको थियो। यस्तै कम्पनीले ८५ लाख ५२ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ।
कम्पनीको प्रशासनिक खर्च ५ करोड ६० लाख, आईपीओ खर्च ३८ लाख र बिक्री तथा वितरण खर्च ,१ करोड ५७ लाख रुपैयाँ रहेको छ।
कम्पनीको रिटेन्ड अर्निङ ५० करोड ५७ लाख रुपैयाँले ऋणात्मक रहेको छ। कम्पनीको अल्पकालिन कर्जा १६ करोड ९३ लाख र दीर्घकालिन कर्जा ११ करोड ९६ लाख रुपैयाँ रहेको छ।
कम्पनीको चुक्तापूँजी ९६ करोड ७५ लाख रुपैयाँ छ। कम्पनीको कुल चालु सम्पत्ति ६७ करोड २९ लाख र कुल चालु दायित्व ३२ करोड ९९ लाख रुपैयाँ छ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.४२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८८.७७ रुपैयाँ प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३७.३९ रुपैयाँ र तरलता अनुपात २.०४ प्रतिशत कायम भएको छ।
प्रकाशित: ३१ श्रावण २०८१ ०९:०१ बिहीबार