अर्थ

झिनो अंकले ओरालो लाग्यो नेप्से, २९२३.४६ बिन्दुमा कायम

सेयर बजारमा झिनो अंकले गिरावट आएको छ । कारोबार हुने साताको तेस्रो  दिन आज मंगलबार  परिसूचक ८.१८ अङ्कले घटेर २ हजार ९ सय २३  दशमलव  ४६ को विन्दुमा पुगेको छ ।

यो अघिल्लो दिनको तुलनामा ० दशमलव २७ प्रतिशतले घटि  हो। मंगलबार  तीन सय ३२ कम्पनीको कारोबार भएको छ ।  

मंगलबार तीन सय ३२ कम्पनीको ५ करोड २७ लाख ६४  हजार ८ सय ३२ कित्ता शेयर २ लाख ४१ हजार  ६६५ पटक खरिद बिक्री हुँदा २१ अर्ब ५१ करोड ५० लाख १०  हजार ६ सय ३३ बराबरको कारोबार भएको छ।

त्यस्तै, मंगलबारको कारोबारको  दिन सेन्सेटिभ इण्डेक्स १.३२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५७ अंकले  घटेको छ । 

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर र गुडविल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन न्यादी हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर, विन्ध्यबासिनी हाइड्रोपावर र शुभम पावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ९.९३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ८१ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको ६८ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको करिब साढे ४४ करोडको शेयर किबनेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित: २९ श्रावण २०८१ १५:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App