अर्थ

ताेलामा १५ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य

स्थानीय  बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको मूल्य शुक्रबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला १६ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १७ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ। 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। 

प्रकाशित: २५ श्रावण २०८१ ११:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App