अर्थ

आरिफ र आसिफ शेख टेक्नो नेपालको ब्रान्ड एम्बेसडरमा नियुक्त

टेक्नो नेपालको ब्रान्ड एम्ब्यासडरमा राष्ट्रिय क्रिकेट खेलाडी आरिफ शेख र आसिफ शेख नियुक्त भएका छन् । काठमाडौंमा बिहीबार एक कार्यक्रमबीच टेक्नोले आफ्ना नयाँ ब्रान्ड एम्बेसडरमा शेख दाजुभाइको नाम घोषणा गरेको हो । उक्त अवसरमा टेक्नोको नेपाली उपभोक्ताहरूको रोजाइअनुसार मोबाइल ल्याउने पनि प्रतिबद्धता जनाएको छ ।

विश्वका ७० भन्दा धेरै देशमा उपलब्ध टेक्नो मोबाइल अफ्रिकी महादेशमा सबैभन्दा बढी बिक्री हुने ब्रान्ड हो । सस्तो मूल्यमा आकर्षक स्मार्टफोन प्रस्तुत गरिरहेको टेक्नो मोबाइलले विश्वका उदीयमान बजारहरूमा जबरजस्त प्रभाव जमाउन सफल भएको छ ।  

नेपाली क्रिकेटर द्वय आरिफ र आशिफसँगको सहकार्यले टेक्नो मोबाइलले आफ्नो ट्याग लाइन बनाएको स्टप एन्ड नथिङको भावलाई दर्साउनेमा विश्वस्त रहेको टेक्नो मोबाइलका सिईओ अरिजित तलपात्राको भनाइ छ । आरिफ र आशिखको खेलकुदप्रतिको समर्पण हाम्रो ब्रान्डको स्टप एन्ड एट नथिङसँग मेल खाने उल्लेख गर्दै उनले टेक्नोसँगको सहकार्यले टेक्नो ब्रान्ड र नेपाली क्रिकेटरको सहकार्यले नयाँ ऊर्जा दिने विश्वास गरे ।

टेक्नो नेपालका आधिकारिक प्रतिनिधि सन्तोष भण्डारीले आरिफ, आशिफसँगको सहकार्यप्रति उत्साह व्यक्त गर्दै नेपालले क्रिकेटमा गरेको अतुलनीय प्रदर्शन जस्तै टेक्नोले पनि नेपाली ग्राहकहरूमाझ आफ्नो शतप्रतिशत प्रदर्शन प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

टेक्नो ब्रान्डको ब्रान्ड एम्बेसडर नियुक्त भएका आरिफ र आशिखले टेक्नो र आफूहरूको सहकार्यले टेक्नोका ग्राहक र नेपाली क्रिकेटरहरूलाई संलग्न गराउने सम्भावनाबाट उत्साहित रहेको भन्दै टेक्नोको उत्कृष्ट प्रविधिले आफूहरूको खेलमा पनि उत्कृष्टता प्रस्तुत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपालका ७ प्रदेश सहित ७७ जिल्लामा बलियो उपस्थिति जनाएको टेक्नो मोबाइलले १० प्रतिशत बजार हिस्सा ओगटेको छ । अहिले टेक्नो मोबाइल नेपालको पाँचौँ ठुलो मोबाइल ब्रान्डको रूपमा स्थापित छ ।

प्रकाशित: २४ श्रावण २०८१ १८:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App