अर्थ

सुनको मूल्य बढ्याे, कतिमा हुँदैछ कारोबार?

स्थानीय  बजारमा बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँ तोकेको छ।

अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।तेजाबी सुन तोलामा १ लाख ४५ हजार ९०० रुपैयाँमा कारोबार भएको छ।

यस्तै तेजाबी चाँदी तोलामा १ हजार ६९० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन चाँदी तोलामा १ हजार ७१० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। 

प्रकाशित: २४ श्रावण २०८१ ११:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App