अर्थ

प्राविधिक समस्या देखिएपछि पोखरा उडेको बुद्धको जहाज काठमाडौं फर्कियो

फाइल तस्बिर

काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाज पुन: काठमाडौंमै फर्किएको छ। शुक्रबार पोखराका लागि उडेको जहाज पुन काठमाडौं अवतरण भएको हो।

पोखराका लागि उडेको 655, कल साईन 9N-AMD मा  प्राविधिक समस्या देखिएपछि पुन काठमाडौं अवतरण गरिएको बुद्ध एयरले जनाएको छ। 

जहाजलाई पुनः काठमाडौंमा सुरक्षित अवतरण गरिएको र यात्रुलाई अर्को जहाजमा पठाइएको बुद्ध एयरले जनाएको छ। 

प्रकाशित: १८ श्रावण २०८१ १७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App