अर्थ

१८ सयले बढ्याे सुनकाे मूल्य

स्थानीय बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बुधबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला १७ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: १६ श्रावण २०८१ ११:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App