अर्थ

समयमै काम नसक्ने ५२ निर्माण व्यवसायीसँगको ठेक्का तोड्दै सरकार

सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौँ डिभिजन चरिकोटले समयमै निर्माण सम्पन्न नगर्ने ५२ निर्माण व्यवसायीको ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ।

कार्यालयले आज सूचना जारी गर्दै सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नभएका ५२ निर्माण व्यवसायीको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको जनाएको हो।

समयमै काम सम्पन्न नगरेका निर्माण कम्पनीलाई ठेक्का किन नतोड्ने भन्दै कार्यालयले  स्पष्टीकरण समेत मागेको छ।

पटक–पटक लिखित एवं मौखिक रुपमा ताकेता गर्दा समेत सम्बन्धित निर्माण व्यवसायीले सम्झौता बमोजिम समयमै आयोजना सम्पन्न नगरेको तथा सम्पन्न गर्न अग्रसर समेत भएको नदेखिएकोले सूचना प्रकाशित भएको १५ दिनभित्र आधिकारिक प्रतिनिधिलाई कार्यालयमा उपस्थित भई समयमा कार्य सम्पन्न गर्न नसक्नुको कारण लिखित जवाफ पेश गर्न कार्यालयले भनेको छ। साथै निर्माण कार्य सम्पन्न गर्न सक्ने आधार पेश गर्न पनि भनेको छ।

कार्यालयले तोकिएको समयभित्र उचित कारणसहित सम्बन्धित आधिकारीक प्रतिनिधि उपस्थित नभएमा वा पेश गरिएको स्पष्टिकरण चित्त बुझ्दो नभएमा सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ र ठेक्का सम्झौता शर्तमा भएको प्रावधान बमोजिकको टर्मिनेशन क्लज अनुसार ठेक्का तोडी कालोसूचीमा राख्ने प्रक्रिया अगाडी बढाइने चेतावनी दिएको छ।

यी हुन् ती ५२ निर्माण व्यवसायी:

प्रकाशित: १४ श्रावण २०८१ ०९:०८ सोमबार

# निर्माण कम्पनी # सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय