अर्थ

बजार खुलेको एक मिनेटमै सर्किट ब्रेक, २० मिनेटका लागि कारोबार बन्द

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सकारात्मक सर्किट लागेको छ।

आजको कारोबार शुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको नेप्सेले जनाएको छ।

चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो।

प्रकाशित: १३ श्रावण २०८१ ११:२० आइतबार

#share Bazar