अर्थ

सिताराम दूधको बिक्री केन्द्र कुलेश्वरमा

काठमाडौं– सिताराम गोकुल मिल्क्स्ले आफ्नो आधिकारिक बिक्री केन्द्र कुलेश्वरमा सञ्चालन गरेको छ । बिक्री केन्द्रमा सिताराम गोकुल मिल्क्स्द्वारा उत्पादन गरिएको दूध, घ्यू, पनिर, बटर, दही तथा पेडा पाउने कम्पनीले जनाएको छ।

बिक्री केन्द्रको हास्य कलाकार दिपाश्री निरौला र जितु नेपालले संयुक्त रुपमा उद्घाटन गरेको कम्पनीले जनाएको छ ।केडिया अर्गनाइजेसनको भातृसंस्था सिताराम गोकुल मिल्क्स् नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो दुग्धजन्य पदार्थ उत्पादन कम्पनी हो । २४ वर्षदेखि निरन्तर गुणस्तरीय उत्पादन गर्दै ग्राहकलाई दूध वितरण गर्दै आएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित: १६ चैत्र २०७४ ०१:०० शुक्रबार

सिताराम दूधको बिक्री केन्द्र कुलेश्वरमा