अर्थ

दोहोरो अंकले बढ्यो शेयर बजार

काठमाडौं– निरन्तर ओरालो लाग्दै आएको शेयर बजार विहीबार भने दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक १५.४८ बिन्दुले उकालो लागेर एक हजार २२० बिन्दुमा पुगेको हो।

सरकारले मुलुकको आर्थिक अवस्थाको बारेमा श्वेतपत्र जारी गर्ने तयारी गरेको र त्यसमा धितोपत्रको विषयसमेत समेटिने खबर सार्वजनिक भएपछि नेप्से परिसूचक उकालो लागेको अनुमान गरिएको छ।

स्कटका अनुसार विहीबार १६४ कम्पनीको १४ लाख २७ हजार ९८१ कित्ता शेयर रु ३८ करोड ७१ लाख ७८ हजार ४०१ मा खरिद बिक्री भएको छ।
यस्तै क वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३.४ बिन्दुले उकालो लागेर २६०.८८ बिन्दुमा पुगेको छ।

विहीबार व्यापार र अन्य उपसमूहबाहेक अरु सबै उपसमूहका शेयर उकालो लागेका छन्। व्यापार ३.०४ र अन्य समूहको ०.०३ बिन्दुले ओरालो लाग्दा बैंकिङ १५.७२, होटल ८.०६, विकास बैंक २०.४५, जलविद्युत् ४१.६, वित्त ५.६७, बीमा ६६.३५, उत्पादन १०.२३ र माइक्रोफाइनान्स समूह १९.९९ बिन्दुले उकालो लागेका छन्। रासस

प्रकाशित: १५ चैत्र २०७४ १२:४४ बिहीबार

दोहोरो अंकले बढ्यो शेयर बजार