अर्थ

सुनको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार?

स्थानीय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि घटेको हो। छापावाल सुन प्रतितोला दुई हजार रुपैयाँ घटेर कारोबार भइरहेको छ।

छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यस्तै,चाँदी प्रतितोला ३० रुपैयाँ घटेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भएको थियो। 

प्रकाशित: ४ श्रावण २०८१ ११:०८ शुक्रबार