अर्थ

अनर २०० सिरिजको प्रि–बुकिङ सुरु: स्मार्टवाच, स्क्रिन ब्रेकेज इन्स्योरेन्स अफर (मूल्यसहित)

'द एआई पोर्ट्रेट मास्टरू' ट्यागलाइनको साथमा, अनर २०० सिरिज प्रि-बुकिङ अफरसहित नेपालमा भित्रिएको छ। नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले जुलाई १७ देखि प्रि-बुकिङको घोषणा गरेको छ। 

प्रि(बुकिङ जुलाई २३ सम्म जारी रहने छ र फोन प्रि-बुक गर्ने ग्राहकहरूले रोचक उपहार र अफरहरू पाउने छन्। स्टुडियो लेभल एआई पोर्ट्रेट क्यामेरा बाहेक, यसमा अन्य स्पेसिफिकेशनहरू छन् जुन यसको अघिल्लो संस्करणदेखि अपग्रेड गरिएको छ। नेपाली बजारमा अनर २०० सिरिज प्रोका लागि (१२+५१२) जीबी भेरियन्ट तथा अनर २०० को लागि (१२+२५६) जीबी र (१२+५१२) जीबी गरी दुई भेरियन्टहरू नेपाली बजारमा प्रस्तुत गरिएका छन्।

अनर २०० सिरिजले पेरिसको सबैभन्दा महँगो र कालातीत स्टुडियो हार्कोर्ट स्टुडियोसँग सहकार्य गरेको छ, जसमा एउटा फोटो सुटको लागि २००० यूरो लागत पर्ने गर्दछ। यस सहकार्यबाट, अनरले तीन वटा हार्कोर्ट पोर्ट्रेट मोडको साथमा उत्कृष्ट एआई पोर्ट्रेट प्रदान गर्न सक्षम हुनेछ।  

अनर २०० र २०० प्रो, ५२०० एमएएच सिलिकन-कार्बन ब्याट्रीले भरिएको छ जसले एकल चार्जमा ६१ घण्टासम्म निरन्तर संगीत स्ट्रिमिङ गर्न सक्षम बनाउँछ। दुवैले १०० वाट चार्जिंग समर्थन गर्दछ भने २०० प्रोले ६६ वाटको वायरलेस चार्जिंगलाई पनि समर्थन गर्दछ। 

मूल्य:

प्रकाशित: २ श्रावण २०८१ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App