अर्थ

सेयर बजार अर्थतन्त्रको ऐना होःअर्थमन्त्री पौडेल

सरकारले सेयर बजारको सुधारका लागि विशेष नीति लिने भएको छ । पछिल्लो केही वर्ष धराशायी अवस्थामा पुगेको सेयर बजारलाई माथि उकास्न बलियो र सुधारोन्मुख नीति आवश्यक रहेको सरकारको बुझाई छ।  

सोमबार पद तथा गोपनीयताको शपथपछि पदभार ग्रहण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएकाले सुधार गर्नेगरीको नीति ल्याउने प्रतिबद्धता जनाएका हुन् । सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले यस क्षेत्रको विकासका लागि ठोस र प्रभावकारी कदम चाल्ने बताए।नेप्से परिसूचक अहिले २२ सय अङ्कभन्दा माथि पुगेको छ।

प्रकाशित: ३१ असार २०८१ १८:४८ सोमबार

#NEPSE #Finance Minister Bishnu Prasad Paudel #stock market