अर्थ

प्रहरीलाई एनबीबैंकको सहयोग


काठमाडौं– नेपाल बंगलादेश बैंकले महानगरीय प्रहरी परिसर काठमाडौंलाई १८ लाख ६० हजार रुपैयाँ हस्तान्तरण गरेको छ।

मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
सो रकम परिसरले प्रत्येक महिना उत्कृष्ट काम गर्ने सिपाहीदेखि डिएसपीसम्मका ६ जनालाई पुरस्कृत गर्ने दुईपक्षीय सम्झौतासमेत भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १५ चैत्र २०७४ ०१:०७ बिहीबार

प्रहरीलाई एनबीबैंकको