अर्थ

ठिमीको ग्लोरी स्कुललाई नागरिकको पुरस्कार

काठमाडौं– नेपाल रिपब्लिक मिडियाले ‘विश्वसनीय समाचार हातहातमा उपहार’ शीर्षकमा नागरिक दैनिकको ग्राहक योजनाको गत महिनाको मासिक विजेताको घोषणा गरेको छ।

नागरिक न्युजको फेसबुक लाइभबाट लक्की ड्र गरी बिजेता घोषणा गरिँदा ग्लोरी स्कुल, मध्यपुर ठिमीले ‘अप्रिला एसआर स्कुटर’ प्राप्त गरेको छ । नागरिक दैनिकले ग्राहक योजनामा सहभागी हुने सबैका लागि हात खालि नजाने विभिन्न उपहार तथा नगद छुटको व्यवस्था गरेको छ।नागरिकले ‘विश्वसनीय समाचार हातहातमा उपहार’ अभियानमा सहभागी ग्राहकहरुलाई दैनिक, पाक्षिक तथा मासिक लक्की ड्रमार्फत विभिन्न उपहारको व्यवस्था गरेको छ ।

अभियानअन्तर्गत दैनिक लक्की ड्रबाट एकजनाले विभिन्न पुरस्कार पाउनेछन् भने पाक्षिक लक्की ड्रबाट एक जनाले ३२ इन्चको हाइसेन्स टेलिभिजन र मासिक लक्की ड्रमार्फत हरेक महिना एक जनाले ‘अप्रिला एसआर स्कुटर’ प्राप्त गर्नेछन्। मिडियाका अनुसार देशभरबाट उल्लेख्य पाठकहरू यो योजनामा सहभागी भएका छन् ।
 

प्रकाशित: १५ चैत्र २०७४ ००:५७ बिहीबार

ठिमीको ग्लोरी स्कुललाई नागरिकको पुरस्कार