अर्थ

‘सधैं अन’मा आधारित हुँदै एनसेलले ल्यायो फेसबुक बेसिकमोड र डिस्कभर

एनसेलका ग्राहकले अब इन्टरनेट चलाउन डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्छन् । यसलाई सम्भव बनाउँदै, एनसेल र फेसबुकको मातृ संस्था मेटाले एनसेलका ग्राहकहरूलाई ब्यालेन्स बिना पनि इन्टरनेट र फेसबुकमार्फत सम्पर्कमा रहन सबल बनाउन साझेदारी गरेका छन्।

एकदमै राम्रो ब्रोडव्यान्ड कभरेज भएका क्षेत्रहरूमा पनि थुप्रै उपभोक्ताहरू क्रयशक्तिका कारणले गर्दा कहिले काहीमात्र इन्टरनेट चलाउने वा चलाउँदै नचलाउने हुन्छन् । यी खाडलहरू पुर्नका लागि एनसेलले मेटासँगको सहकार्यमा दुई प्रोडक्टहरु फेसबुक बेसिकमोड र डिस्कभर संचालनमा ल्याएको छ । विशेष गरीटुजी मोबाइल सेट बोक्ने ग्राहकहरूका लागि इन्टरनेटको अनुभवका साथ सेवालिनयो अत्यन्त सान्दर्भिक छ।

डिस्कभरले टेक्स्टमात्र हेर्न सकिने गरि इन्टरनेट ब्राउजिङको सुविधा दिन्छ । त्यसैगरी डेटा प्याक र डेटा चलाउन ब्यालेन्स नभएको अवस्थामा ग्राहकहरुले फेसबुक बेसिक मोडमा टेक्स्ट र फोटो सहित फेसबुक पहुँचको सुविधा पाउँछन् । यी दुवै प्रोडक्टहरुमा एनसेलको नीतिअनुसार फेयर युसेज पोलिसीअर्थात उचित उपयोग नीति लागु हुनेछ ।

यो पहलले नेपालमा इन्टरनेटको प्रयोग बढाउन योगदान पु¥याउँछ र हाम्रो सधैं अन क्याम्पेनको एक अंशको रूपमा यसले ग्राहकहका मोबाइलहरूमा केही आधारभूत सेवाहरू उपलब्ध रहि रहने कुराको सुनिश्चित गर्नेमा हामी विश्वास गर्छौं। यस किसिमका सहकार्यहरूले डिजिटल समावेशी नेपालको लक्ष्य हासिल गर्न महत्वपूर्ण कदम चाल्नेछ,” एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिन भने ।

डिस्कभर एक एन्ड्रोइड एप हो। एनसेलका ग्राहकहरूले यो एप प्रयोग गरेर एनसेलमार्फत टेक्स्ट मात्र पहुँच हुने गरि इन्टरनेट चलाउन सक्छन्। यसको प्रयोगमार्फत कुनै पनि वेबसाइट ब्राउज गर्नसकिन्छ। टेक्स्टमात्र सपोर्ट गर्ने हुनाले यसमा भिडियो, अडियो, र अन्य प्रकारको धेरै डेटाखपतहुने सामाग्री उपलब्ध हुदैन । यसैगरी स्वास्थ्यएवं सुरक्षा सम्बन्धी विश्वासिलो जानकारीहरुमा सहज पहुँचकालागि डिस्कभरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विश्व स्वास्थ्य संगठनको वेबसाइटहरु बुकमार्क गरिएको छ ।

फेसबुक बेसिकमोडमा, एनसेलका ग्राहकहरूले डेटा प्याक सकिएमा वा डेटा प्रयोग गर्नको लागि ब्यालेन्स नभएको बेलामा पनि टेक्स्ट र फोटोहरू सहितको फेसबुक चलाउन सक्छन् । यसको मतलब ग्राहकहरुले आफ्नो स्टाटस्, पोस्टहरु राख्ने, फोटोहरु हेर्ने र राख्ने जस्ता कामहरु गर्न सक्छन् । ग्राहकहरूले डेटा खरिद गरेपछिउनीहरु स्वतःशुल्कलाग्ने फुल फेसबुक मोडमा फर्किन्छन् ।

प्रकाशित: २६ असार २०८१ १९:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App