अर्थ

सुनको मूल्य स्थिर, चाँदी १५ रुपैयाँले घट्यो

स्थानीय बजारमा बुधवार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार १०० मा कारोबार भइरहेको छ। मङ्गलवार सुनको मूल्य जति थियो त्यतिमै बुधवार कारोबार भइरहेको छ।

यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय कायम भएको छ। 

चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर एक हजार आठ सय ७० मा किनबेच भइरहेको महासङ्घले बताएको छ।

मङ्गलबार चाँदी प्रतितोला एक हजार आठ सय ८५ मा खरिदबिक्री भएको थियो। रासस

प्रकाशित: २६ असार २०८१ १२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App