अर्थ

सहकारीमा लाखौँ नेपाली ठगिएको चानचुने विषय होइन: केसी

फाइल तस्बिर

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी हिनामिनाको विषय चानचुने विषय नरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष केसीले यसलाई हलुका ढंगले लिन नमिल्ने बताए। 

‘सहकारीको रकम जुन ठुलो मात्रामा हिनामिना भएको छ,’ अध्यक्ष केसीले भने,‘लाखौँ नेपालीको बिचल्ली भएको छ। यो चानचुन विषय होइन।’ 

जनताले नै दबाब नदिँदा नेपाली जनताले खाई नखाई जोगाएको पैसा सीमित टाठा बाठाले हिनामिना गरेको केसीले दाबी गरे । उनले भने, ‘म सहकारी मन्त्री हुँदा सहकारीको बारेमा राम्रो थाहा थिएन। मलाई सहकारीको बारेमा मन्त्री बनेपछि धेरै कुरा थाहा भयो। यो चानचुन विषय होइन। यसमा राजनीतिक दलहरूले पनि दबाब दिनुपर्छ ।’

प्रकाशित: २२ असार २०८१ १७:१५ शनिबार

#cooperative crisis #Rashtriya Janamorcha President Chitra Bahadur KC #cooperative embezzlement