अर्थ

अनुमतिबिनै वाइडबडी जहाज इटालीमा, निगमका अध्यक्षसहित पाँच जनामाथि कारबाही

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज अनुमतिबिनै इटाली लगेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमका कार्यकारी अध्यक्षसहित पाँच जनालाई कारबाही गरेको छ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित दुई जना पाइलट९क्याप्टेन०,  एक जना अपरेसन डाइरेक्टर र एक जना म्यानेजर कारबाहीमा परेको प्राधिकरणले जनाएको छ। उनीहरूलाई निलम्बन गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

निगमको ए ३३०–२०० सिरिजको ९ एन–एएलवाई जहाज जुन २२ तारिखमा नियमित उडानका क्रममा दुबई पुगेको थियो। त्यहीबाट मर्मत गर्ने भन्दै इटाली पु¥याइएको थियो।

प्राधिकरणले उक्त जहाज अनुमति नलिएर इटाली पु¥याइएको भन्दै जिम्मेवारी अधिकारीहरूलाई कारबाही गरेको जनाएको छ। 

‘नेपालमा दर्ता भएका वायुसेवा कम्पनीहरूले विमान मर्मत गर्दा नागरिक उड्डयन प्राधिकरणले अधिकारिकता दिएको कम्पनीहरूमा बनाउनुपर्ने हुन्छ । त्यस्तो कम्पनीहरूबाट मर्मत गरेर आएको विमानलाई मात्र हामी मान्यता दिने नियम छ,’ सूचना अधिकारी भुलले भने, ‘तर निगमले त्यो विमान बनाउन लगेको कम्पनी प्राधिकरणबाट प्रमाणीकरण नभएको कम्पनी हो।’

विमान बनाउन पठाउनुभन्दा पहिला कुन कम्पनीबाट बनाउने भनेर क्यानलाई जानकारी गराउनुपर्ने उनले बताए। ‘उहाँहरूले विमान मर्मतका लागि कम्पनी छान्नुभयो, त्यो कम्पनीलाई क्यानले स्वीकृत भएको हुनुपर्छ। क्यानले त्यो कम्पनीलाई स्वीकृत नगरी इटाली पठाउनुभयो,’ उनले भने।

निगमले विमान नेपालबाट दुबई जाने अनुमति प्राधिकरणबाट लिए पनि दुबईबाट इटाली जाने अनुमति नलिएको पनि भुलले बताए। अहिले उक्त विमान इटालीमा नै रहेको उनको भनाइ छ।

‘अहिले विमान इटालीमा नै रहेको छ। हामीले विमान मर्मत गर्न लगेको कम्पनीको कागजपत्र झिकाउन भनेका छौँ,’ सूचना अधिकारी भुलले भने,‘त्यो संस्थाको कागजपत्र पेस गरेपछि हामीले अनुमति दिन्छौँ अनि विमान बनाउने काम अघि बढ्छ।’

बाँकी यताको कारबाहीका लागि क्यानले समिति बनाएर अध्ययन गरिरहेको पनि उनले बताए । ‘समितिले काम गरिरहेको छ। समितिले अध्ययन गरिरहेको अवस्थाका लागि त्यो काममा संलग्न कर्मचारीहरूलाई निलम्बन गरिएको हो,’ भुलले भने। प्रतिवेदन आएपछि थप कारबाही अगाडि बढाउने पनि उनले बताए। 

प्रकाशित: १२ असार २०८१ १८:५० बुधबार

#Nepal Airlines Corporation #Widebody ship