बागमती प्रदेश सभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुँदैछ।
आज बिहान ११ बजे सुरु हुने बैठकमा आगामी आवको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमा छलफल हुने प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खडकाले बताए। असार ८ गतेभित्र बजेट पारित गर्ने कार्यसूची रहेको छ।
यही असार १ गते प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गरेका थिए। रासस
प्रकाशित: ६ असार २०८१ ०९:२४ बिहीबार