अर्थ

‘राठीकोल’को ब्रान्ड एम्बासडरमा महानायक राजेश हमाल अनुबन्ध

'महानायक'  राजेश हमाल राठी ग्रुपको एक प्रमुख उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन्।  

काठमाडौंमा एक पत्रकार भेटघाट गरी राठी ग्रुपका अध्यक्ष अरुणकुमार राठी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे। हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनहरूमार्फत यसको प्रचार गर्नेछन्।

हमाललाई एम्बासडर नियुक्त गरेपश्चात् राठी ग्रुपका अध्यक्ष राठीले ‘राठी’ ब्रान्डले चलचित्रमा हमालको उत्कृष्ट विरासतलाई सदैव सम्मान गर्ने बताए। उनले हमाललाई ब्रान्ड एम्बासडरको रूपमा स्वागत गर्दै यो सहकार्यले नेपाली चलचित्र र समाजको लागि महानायकको प्रतिबद्धता र ‘राठिकोल’को उत्कृष्टताको प्रतिबद्धतासँग उत्तम रूपमा मेल खाने विश्वास व्यक्त गरे।

अध्यक्ष राठीले ‘राठीकोल’ एढेसिभ उत्पादन गुणस्तरको हिसाबमा पनि पहिलो र उत्पादनको हिसाबमा पनि पहिलो रहेको बताए। उनले राठीकोल नेपालको हिमाल देखि तराईका सबै मौसमहरु र जुनसुकै तापक्रममा उपयुक्त हुने जानकारी दिए।

सम्झौता हस्ताक्षर समारोहमा अभिनेता हमालले ‘राठीकोल’लाई ‘नेशनल प्राइड’को रूपमा सम्बोधन गर्दै नेपालमा यो गुणस्तरको उत्पादन हुनु सबै नेपालीको लागि गर्वको कुरा रहेको बताए। उनले कैयन विदेशी ब्रान्डहरूलाई जित्दै आफ्नो वर्चस्व कायम गर्न सफल रहेको बताउँदै यसको गुणस्तरको विश्वास लिएपछि मात्र एम्बासडर बन्न राजी भएको बताए।  

राठीकोलसँगको सहकार्यबारे बोल्दै हमालले राठी समूह र यो ब्रान्डसँग जोडिन पाउँदा निकै खुसी लागेको सुनाए । उनले अभिनेता हमालको चलचित्र यात्रा र राठीकोल उत्पादनको यात्रा समान ३५ वर्ष रहेको चर्चा गरे।  

राठीकोलका सिईओ योगेश राठीले हमालको चलचित्र यात्रा र राठीकोलबीच निरन्तर सहकार्य हुने विश्वास व्यक्त गरे।  

राठी ग्रुपको इतिहास १३० वर्ष पुरानो छ र सामान्यतया स्विच, केबल, बल्ब, हार्डवेयर र राठीकोलका लागि चिनिँदै आएको छ।  

प्रकाशित: ५ असार २०८१ १८:२० बुधबार

#Rajesh_Hamal #Mahanayak #Rathi_Group