अर्थ

आदर मल्टी–इन्भेस्टमेन्ट कम्पनीले आइपिओ निष्कासन गर्ने

आदर मल्टी–इन्भेस्टमेन्ट कम्पनीले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। यसैक्रममा कम्पनीले आइपिओ निष्कासनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।

कम्पनीका अध्यक्ष यज्ञमूर्ति न्यौपाने र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

कम्पनीको जारी पुँजी रकम एक अर्ब ७८ करोड ५८ लाखको ३० प्रतिशतले हुन आउने ५३ करोड ५७ लाख ४० हजार रूपैयाँ सेयर पुँजी बराबरको सय रूपैयाँ अंकित दरको ५३ लाख ५७ हजार चार सय कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित: ५ असार २०८१ ०८:२० बुधबार

#IPO #Respected Multi-Investment-Company #Muktinath-Capital