सिटिजन्स बैंक र चुच्चेपाटीको स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाबीच व्यावसायिक सम्झौता भएको छ।
सम्झौतापश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थामा १० प्रतिशतसम्मको छुट पाउनेछन्।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ।
प्रकाशित: ३ असार २०८१ ०८:४८ सोमबार