अर्थ

बजाज पल्सर एन १५० अब नेपाली बजारमा

बजाज मोटर साइकलका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एन्ड कम्पनीले पल्सर एन १५० मोटरसाइकल सार्वजनिक गरेको छ । यो मोटर साइकल भारतमा एक वर्ष अघि नै लन्च भइसकेको थियो ।  

यो स्पोर्टी मोटरसाइकल दैनिक प्रयोग र पावर पर्फर्मेन्स दुवैका लागि उपयुक्त रहेको र यसले युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीको दाबी छ । यसअघि नै बजाजले एन सिरिजमा एन २५० र १६० बजारमा लन्च गरिसकेको छ ।  

गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले लन्चबारे भने, 'नेपालमा लन्च भएदेखि नै पल्सरले मोटरसाइकल क्षेत्रमा नयाँँ मापदण्ड सेट गर्दै आइएको छ । ७० भन्दा बढी देशहरुमा पल्सर सर्वाधिक रुचाइएको ब्रान्ड बन्न सफल भएको छ । फेरि पनि यही सिलसिलालाई कायम राख्दै हामीले पल्सर एन १५० लन्च गरेर नेपालका बजाज प्रेमीलाई अर्को उपहार ल्याएका छौँ ।'

पल्सर एन १५० मा रहेको आकर्षक फिचर भनको ब्लुटुथ कनेक्टिभिटी सहितको कल तथा एसएमएस अलर्ट हो । साथमा युएसबी चार्जिङ पोर्ट पनि यो मोटर साइकलमा उपलब्ध छ । त्यसैगरी यसको फ्युलइन्जेक्सन सिस्टम र बिएस ६ ले यो बाइकलाई झनै इफिसियन्ट बनाउने कम्पनीले जनाएको छ ।  

पल्सरएन १५० एरोडायनामिक थ्रीडी फ्रन्ट सहितको स्लीक डिजाइनको उपलब्ध हुनेछ । यसको मस्कुलर डायनामिक ट्याङ्की, पातलो वेस्ट भाग र सिङ्गल फ्याट सिटले यसको लुकलाई आकर्षक बनाएको छ । शक्तिशाली र स्मूथ १४९.६८ सीसी इन्जिन रहेको पल्सर एन १५० ले १४.५ पीएस पावर र १३.५ एनएम टर्क उत्पन्न गर्छ भने यसले ४८ किमीको प्रभावशालीमाइलेज पनिदिने कम्पनीले जनाएको छ ।

सुरक्षित राइडलाई लक्षितगर्दै पल्सर एन १५० मा एलइडी प्रोजेक्टर टेलल्याम्प र १७ इन्चको ट्युबलेस अलोय ह्वील पनि राखिएको छ । सुरक्षालाई झनै बलियो बनाउन यसम ासिङ्गल च्यानल एबिएस पनि समावेश गरिएको छ ।  

ब्जाज एन १५० मा डिजिटल स्पीडोमिटर, ट्याकोमिटर, ट्रिप मिटर र ओडोमिटर सहित धेरै याडभान्सड् फिचरहरू छन् । यसमा युएसबी चार्जिङ सहित घडी र डिस्ट्यान्स्स–टु–एम्प्टी इन्डीकेटकर पनि उपलब्ध छ । साथै यस बाइकमा “क्याट” नोटीफिकेसन र हाइड कनेक्ट एप पनि उपलब्ध हुन्छ ।  

त्यसैगरी बाइकमा सिंगल ट्युब्युलर ह्यान्डल र प्यासेन्जर फुटरेस्टको सुविधा पनि रहेको छ ।

मात्र १४५ केजीको कर्ब वेट भएको पल्सर एन १५० चलाउन निकै आरामदायी हुनेछ । यसमा रहेको १४ लिटरको फिउल ट्याङ्कीले बारम्बार पेट्रोल भर्नुपर्ने समस्याबाट पनि छुटकारा दिनेछ । बाइकको ब्रेकिङ सिस्टममा २६० एमएम फ्रन्ट डिस्क ब्रेक र १३० एमएम रियर ड्रम ब्रेक समावेश रहेको छ ।

नेपाली बजारमा पल्सर एन १५० को मुल्य रु.३,५९,९०० रहेको छ ।

प्रकाशित: २ असार २०८१ १७:४५ आइतबार

# Bajaj_Pulsar_N150 #Golcha_Group #Abhimanyu_Golcha