अर्थ

५५ जना एकल महिलालाई उद्यमशीलतामा जोड्दै पालिका

कालिका नगरपालिकाले नगर क्षेत्रका ५५ जना एकल महिलालाई आयआर्जनका लागि बाख्राको पाठी वितरण गरेको छ।

यहाँ बुधबार आयोजित एक कार्यक्रममा प्रत्येक वडाका पाँचजना एकल महिलालाई पाठी वितरण गरिएको हो।

नगर क्षेत्रका एकल महिलालाई उत्पादन, आयआर्जन र उद्यमशीलतामा जोड्ने उद्देश्यले बाख्राका पाठी वितरण गरिएको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले  बताए।

सीमित बजेटका कारण प्रतिव्यक्ति एउटा पाठी प्रदान गरिएको उनले बताए। उनले एकल महिलाका साथमा नगरपालिका रहेको र हरेक समस्यामा साथ दिने प्रतिबद्धता व्यक्त गरे।

पाठी बिरामी भएमा नगरपालिकाको पशु सेवा कार्यालयबाट उपचारको व्यवस्था मिलाइएको उनले जानकारी दिए। –रासस

प्रकाशित: ३१ जेष्ठ २०८१ ०८:३२ बिहीबार

#income #55 single women #Kalika Municipality