अर्थ

अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा गर्नुपर्छ: सांसद श्रेष्ठ

जनता समाजवादी पार्टीकी सांसद सुशीला श्रेष्ठले अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा गर्नुपर्ने बताएकी छिन्। 

बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद श्रेष्ठले अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा गर्नुपर्ने बताएकी हुन । उनले बजेट कार्यान्वयनको पाटो र जनताले पाएको उपलब्धिको समीक्षा गर्नुपर्नेमा जोड दिइन । उनले अघिल्लो वर्षको कति बजेट के कारणले गर्दा कार्यान्वयन भन्ने कुरा खोज्नुपर्ने र समस्या पहिचान गर्नुपर्ने बताइन।उनले यस वर्ष बजेट छरिएको आएको टिप्पणी गरिन। 

प्रकाशित: ३० जेष्ठ २०८१ १८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App