अर्थ

प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई छुट

प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई सौराहास्थित विभिन्न होटल तथा रेष्टुरेन्टका विभिन्न सेवामा छुट हुने भएको छ।  

भरतपुर भम्रण वर्ष- २०२४ का अवसरमा सौराहास्थित विभिन्न होटल तथा रेष्टुरेन्टले प्रवाह गर्ने विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो।

प्रभु बैंकका तर्फबाट बागमती प्रदेश, चितवन क्लस्टरकी प्रमुख सांग्रीला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरले संयुक्त रूपमा सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौताबमोजिम ग्राहक तथा बैंकका कर्मचारीका लागि आवासमा आठदेखि १५ प्रतिशत तथा खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्मका छुट रहेका छन्।

प्रकाशित: २८ जेष्ठ २०८१ ०८:१० सोमबार

#Discount for Prabhu Bank employees and customers