अर्थ

सुनको मूल्यले बनाएयो नयाँ रेकर्ड,तोलाको १ लाख ४५ हजार रुपैयाँ पुग्यो

सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन बिहीबार १८ सय बढेपछि पुरानो रेकर्ड तोड्दै १ लाख ४४ हजार रुपैयाँ पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार फेरि १ हजार रुपैयाँले बढेको छ। आज सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ पुगेर कारोबार भैइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

बिशेष गरी बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछि स्थानीय बजारमा सुनको मूल्यले रेकर्ड बनाउन थालेको हो।

यसैबिच,चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ बढेको छ। अघिल्लो दिन तोलामा १८५० रुपैयाँ रहेको चाँदी शुक्रबार १९०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

प्रकाशित: २५ जेष्ठ २०८१ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App