अर्थ

एनसेल र नेपाल युवा परिषद्को पहलमा वृक्षरोपण

विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ सात हजार सात सय रुख रोप्न सहकार्य गर्ने भएको छ। ‘एक युवा, एक बिरुवा’ अभियानको सुरुवात गर्दै एनसेल र नेपाल युवा परिषद्को संयुक्त पहलमा आगामी असार १४ गते ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को दिन देशभर बृहत् रूपमा वृक्षारोपण गरिने कम्पनीले जनाएको छ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत नेपाल युवा परिषद्सँग गरेका समझदारी अनुरूप एक युवा एक बिरुवा अभियानमा प्रत्येक जिल्लाका एक सय युवाले एक/एक बिरुवा वृक्षारोपण गर्ने छन् र यो अभियान प्रदेश तथा स्थानीय सरकारको संयुक्त सहकार्यमा गरिनेछ। वृक्षारोपण गरिएका हरेक बिरुवाको हेरचाह गर्ने जिम्मेवारी वृक्षारोपणमा भाग लिएका युवाको हुनेछ।

यस किसिमको जिम्मेवारी सहितको राष्ट्रिय स्तरको कार्यक्रमले अभियानको दिगोपना सुनिचिश्त गर्ने विश्वास एनसेल र युवा परिषद्को रहेको छ। सामाजिक पहल अन्तर्गत एनसेलले वातावरण, स्वास्थ्य, शिक्षा, युवाहरूको प्रतिभा विकास लगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ।

प्रकाशित: २५ जेष्ठ २०८१ ०७:२१ शुक्रबार

#world environment day #Ncell and Nepal Youth Council #"One Youth One Plant"