अर्थ

विश्व वातावरण दिवसमा वृक्षरोपण तथा साइकल र्‍याली

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले विश्व वातावरण दिवसको अवसरमा साइकल र्‍याली गरेको छ। कम्पनीले ५ मेमा कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर, नक्साल, काठमाडौंबाट सुरु गरी नारायणचौर, नक्साल भवगतीवहाल, चारखाल, पुतलीसडक, प्रदर्शनीमार्ग भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, रत्नपार्कबाट दरबारमार्ग हुँदै पुनः नारायणचौरसम्म साइकल र्‍याली आयोजना गरेको हो।

वातावरण स्वच्छ राखौं, हाम्रो धर्ती हाम्रो जीवन, नेपाल आमाको जय होस्, जीवनभर वातावरणमैत्री कार्यमा हात बढाऔं, प्रकृतिप्रेमीलाई जीवनभर दुःख हुँदैन, सफा आकाश र सफा हृदय मानिसको पहिचान हो जस्ता नारासहित कम्पनीले विश्व वातावरण दिवस भव्य र सभ्यताका साथ मनाएको छ।

साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादेश्रेष्ठले वातावरण जोगाउँ, साइकलको प्रयोग गरौं, स्वस्थ भएर जीवनजीउँ भन्ने भावका साथ लायन्स क्लब अफ काठमाडौं पिस आइडियलका प्रतिनिधिलाई विभिन्न जातका बिरुवाहरू हस्तान्तरण गरेका छन्।

प्रकाशित: २४ जेष्ठ २०८१ ०८:२१ बिहीबार

World Environment Day Our Earth Our Life