अर्थ

ग्लोबल बैंकलाई इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्ड

ग्लोबल आइएमई बैंक ‘इन्फोसिस फिनाकलको प्रोसेस इनोभेसन अवार्ड’ बाट सम्मानित भएको छ।

इन्फोसिस फिनाकलद्वारा आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंकलाई ‘इन्ट्रिग्रेसन अफ सेक्युरिटी डिपोजिट लकर इसुयन्स एन्ड इकमर्स कार्ड इसुयन्स’ विधामा उत्कृष्ट बैंकको रूपमा सम्मान गरिएको हो।

कोर बैंकिंङ सफ्टवेयरको लागि फिनाकल प्रयोग गर्दै आइरहेको ग्लोबल आइएमई बैंक नवीन सेवासहितको सुरक्षित र भरपर्दो बैंकको रूपमा परिचित छ।

बैंकले पाएको यस सम्मानले बैंकलाई आउँदा दिनमा थप नवीन र अत्याधुनिक प्रविधिका बैंकिङ सफ्टवेयरहरू प्रयोग गर्दै सबैका लागि सुरक्षित र सहज बैंकिङ सेवा प्रदान गर्न थप हौसला मिलेको बैंकले जानकारी दिएको छ।

प्रकाशित: २३ जेष्ठ २०८१ ०७:५८ बुधबार

Global IME Bank Infosys Finacle's Process Innovation Award