अर्थ

नेसनल लाइफ इन्स्योरेन्सको बल्थली भ्रमण कार्यक्रम

नेसनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताका लागि ‘बल्थली भ्रमण कार्यक्रम’ गरेको छ।

अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पूरा गर्न सफल कम्पनीमा कार्यरत अभिकर्तालाई नेपालको पर्यटकीय क्षेत्र काभ्रे जिल्लाको बल्थली भ्रमण गराउने र नेपालका चर्चित कमेडियन सुमन कार्कीसँग साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट हुन सफल करिब दुई सय वरिष्ठ अभिकर्तालाई बलथली भ्रमण गराइएको थियो।

प्रकाशित: २२ जेष्ठ २०८१ १०:३६ मंगलबार

National Life Insurance