अर्थ

हिमाल हस्पिटल र प्रभु बैंकबीच सम्झौता

प्रभु बैंक र हिमाल हस्पिटलबीच व्यावसायिक सम्झौता भएको छ। हिमाल हस्पिटलका व्यवस्थापकीय निर्देशक विन ताम्ली र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारजनले हिमाल हस्पिटलमा उपचार सेवा लिँदा अन्तरंग तथा बहिरंग सेवामा ओपिडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरूमा १० देखि २० प्रतिशत र शल्यक्रिया शुल्कमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

बैंकका अनुसार छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिभिलेज कार्डमध्ये कुनै एक हस्पिटलमा पेस गर्नुपर्ने छ।

प्रकाशित: २२ जेष्ठ २०८१ ०९:१५ मंगलबार

Commercial contract Agreement between Himal Hospital and Prabhu Bank