अर्थ

श्रम समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायका रूपमा सुरू गरिएको बताएका छन्।

जनकपुरधामस्थित उद्योग वाणिज्य सङ्घमा आयोजित मेलाको आज यहाँ उद्घाटन गर्दै उनले बेरोजगार युवालाई रोजगारीको व्यवस्था गर्न स्थानीय उद्योगीलाई आग्रह गरे।

मन्त्री अर्यालले रोजगारीको खोजीमा मधेसबाट ठूलो सङ्ख्यामा युवा पुस्ता विदेश जाने क्रम नरोकिएकामा चिन्ता व्यक्त गर्दै कृषि कर्ममा लाग्न उनीहरूलाई लाग्न आग्रह गरे। “स्वदेश र विदेशमा भएका नेपाली श्रमिकका चाङका चाङ समस्या आउँछन्। एउटै माध्यमबाट समस्या सङ्कलन र समाधान गर्न श्रमाधान सुरू गरिएको हो”, उनले भने।

मन्त्री अर्यालले मेलाबाट अहिले नै ठ्याक्कै यति रोजगारी दिन सकिन्छ भन्ने ग्यारेन्टी गर्न नसकिए पनि श्रमिक र रोजगारदाताका समस्या, आवश्यकताबारे बुझ्ने र दीर्घकालीनरूपमा श्रम क्षेत्रका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: १९ जेष्ठ २०८१ १४:१२ शनिबार

Labor Employment and Social Security Minister Dol Prasad Aryal Labor Fair