अर्थ

सरकारले बढायो दिवा खाजाको बजेट

सरकारले विद्यालयहरुमा सञ्चालनमा रहेको दिवा खाजा कार्यक्रमका लागि बजेट बढाएको छ । 

आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले ८ अर्ब ३९ करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।

 विद्यालय तहमा सञ्चालनमा रहेको दिवा खाजा कार्यक्रमका लागि उक्त बजेट विनियोजित गरेको हो । 

प्रारम्भिक कक्षादेखि कक्षा ५ सम्मका ३० लाख बालबालिका दिवा खाजा कार्यक्रमबाट लाभान्वित हुने सरकारको विश्वास छ । 

प्रकाशित: १५ जेष्ठ २०८१ १६:३४ मंगलबार

#Budget #barsaman_pun