अर्थ

३०० रुपैयाँले बढ्यो सुन मूल्य

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० रुपैयाँ कायम छ। 

हिजो आइतबारको तुलनामा  ३०० रुपैयाँले बढेर कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै,आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ५५० रुपैयाँ कायम छ। हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँ कायम थियो।

यस्तै,आज चाँदीको मूल्य तोलामा १८ सय ८० रुपैयाँ पुगेको छ। हिजो आइतबार १८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँ बढेको हो।

प्रकाशित: १४ जेष्ठ २०८१ ११:२३ सोमबार

#Nepal Gold and Silver Traders Federation